पोखरामा कारको ठक्करबाट बागलुङका ढालेन्द्रको मृत्यु

पाेखरा | पुस १०, २०८०

पोखरामा कारको ठक्करबाट बागलुङका ढालेन्द्रको मृत्यु

पोखरा:   पोखरामा कारले पैदल यात्रुलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका– पस्र्याङ स्थित कारले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


बागलुङ बसपार्कबाट जिरो किमी तर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले पस्र्याङमा ठक्कर दिँदा बागलुङका ढालेन्द्र छन्त्याल र अर्का पैदल यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । 


कारको ठक्करबाट बागलुङको ढोरपाटन नगरपालिका–६ घर भई पोखरा–३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का परिचय नखुलेको ३५ वर्षीय जस्तो देखिने पुरुष गम्भिर घाइते भएका थिए । 


कारको ठक्करबाट गम्भिर घाइते भएका दुवैजनालाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपनि उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

 


पैदल यात्रुलाई ठक्कर दिने कार प्रहरीले नियन्त्रणमा लिएको छ भने कार चालक फरार रहेको कास्की प्रहरीले जनाएको छ । पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका कार चालकको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 
 

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्